‘रन फर अवार्नेस’ म्याराथन प्रतियोगिता

सुकेपोखरी: राष्ट्रिय मतदाता दिवस 2021-को उपलक्ष्यमा जरबङ्लो सुकेपोखरी खण्ड विकास कार्यालयको तत्वावधानमा रन फर अवार्नेस म्याराथन प्रतियोगिता सम्पन्न भयो। उक्त म्याराथन दौडको सुरूवात घूम भञ्ज्याङदेखि भएर सुकेपोखरी पुगेपछि समाप्त भयो। यस अवसरमा एसडीओ दार्जीलिङ, सुकेपोखरी खण्ड विकाश अधिकारी, सुके थाना प्रभारी तथा विभागीय अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। पुरूष तथा महिला दुवै धावकहरू समावेश गरिएको म्याराथन दौड़मा प्रथम, दोस्रो र तेस्रो भएका धावकलाई सम्मान जनाइयो। यसैबीच खण्ड अन्तर्गत रहेको सम्पूर्ण ग्राम पञ्चायत तथा खण्ड विकाश कार्यालयका विभागीय कर्मचारीहरूलाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *