सभासद सन्दीप छेत्रीको वाहन दुर्घटनाग्रस्त

बिजनबारी (निसं) : दार्जिलिङको चुङथुङ मेरीबोङ तामसाङ समष्टिका सभासद सन्दिप छेत्रीको निजी वाहन दुर्घटनाग्रस्त भएको छ। निरन्तर रूपमा परेको झरीको कारण गएको पहिरोको स्थलगत भ्रमण गर्न लिङिया चियाबारी जाने क्रममा लिङिया फ्याक्ट्री नजिकै तिनको वाहन बाटोमा पल्टिएको बताइएको छ। भाग्यवश सभासद छेत्रीको खुट्टामा सामान्य चोट मात्र लागेको तथा तिनीसँगै गाडीमा सवार अन्य दुई जनालाई केही चोटपटक नलागेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *