सब्जीको मूल्यबारे सिलगढीको बजारहरूमा टास्क फोर्सको अभियान

सिलगढी (निसं):  सब्जीहरूको मूल्यले आकाश छोएपछि यसको कारण पत्तो लगाउनका लागि जाँच गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले निर्देश दिएपछि टास्क फोर्सले सिलगढीको विभिन्न बजारमा अभियान चलाइरहेको छ। यसैक्रममा, शुक्रवार बिहान सिलगढी बाग्राकोट थोक बजार, सुभाषपल्ली, घोघोमाली लगायत विभिन्न खुद्रा बजारहरूमा अभियान चलायो। उक्त समय टास्क फोर्सका अधिकारीले सुभाषपल्ली बजारमा पुगेर हेर्दा लगभग सबै सब्जीहरू अधिक मूल्यमा बिक्री भइरहेको थाहा पाए। थोक बजार मूल्यभन्दा अधिक मूल्यमा सब्जी बिक्री गर्ने व्यवसायीहरूको नाम पञ्जीकृत गरिएको छ। यसपछि प्रत्येक व्यवसायीहरूलाई सब्जीहरूको बजार मूल्य एउटा निश्चित तोकिदिएको छ। टास्क फोर्सका अधिकारीहरूले बताए अनुसार यदि व्यवसायीहरूले तोकिएको मूल्यको पालन नगरे कानून अनुसार कार्वाही गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *