सचिन तेन्दुलकर अस्पतालमा भर्ना

मुम्बई : क्रिकेटर सचिन रमेश तेन्दुलकरलाई आज मुम्बईको एउटा अस्पतालमा भर्ना गरियो। केही दिन अघि टेस्ट गर्दा तिनलाई कोरोना पोजिटिभ भेट्टाइएको थियो। तिनले हालै रायपुरमा आयोजित रोड सेफ्टी वर्ल्ड सीरीजमा इण्डियन लिजेण्ड्स टीमको नेतृत्व गरेका थिए। सचिनले आज सोशल मीडियामार्फत् उक्त जानकारी दिँदै मानिसहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्ने अनि घरमै बस्ने अपील गरेका छन्। सचिनले ट्वीट गरेर डाक्टरहरूको परामर्श अनुसार आफू अस्पतालमा भर्ना भएको जानकारी सार्वजनिक गरेका छन्। तिनले चाँड़ै निको भएर अस्पतालबाट फर्किने बताएका छन्। तिनले ट्वीटमा भनेका छन्, तपाईंहरू सबैले मेरो निम्ति प्रार्थना गरिरहनु भएको छ अनि यसको निम्ति म सबैलाई धन्यवाद दिन्छु। स्मरण रहोस्, सचिन लगायत इण्डिया लिजेण्ड्सका चारजना अन्य खेलाड़ीहरू पनि कोरोना पोजिटिभ भेट्टाइएको थियो।


(फाइल फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş