सडक दुर्घटनामा स्कुटीमा सवार व्यक्तिको मृत्यु

फुलबारी : सडक दुर्घटनामा स्कुटीमा सवार एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त दुर्घटना आज बिहान फाँसीदेवा थाना अन्तर्गत फुलबारी घोषपुकुर बाइपासमा घटेको हो। मृतक व्यक्ति राङ्गापानी इलाकाको तारबान्दा इलाका निवासी 40 वर्षीय शिबु रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार शिबु रायले फुलबारीको एउटा बिस्कुट कारखानामा काम गर्दथे। आज बिहान तिनी स्कुटीमा सवार भएर काममा आइरहेको समय सडक पार गर्दा एउटा वाहनसित ठोक्किँदा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *