सुकेपोखरी : प्रत्येक वर्ष बर्खा लागेपछि सुकेपोखरी बजारमा हुने गरेको पानी जम्ने समस्या अन्तत समाधान भएको छ। सड़कमा पानी जम्ने समस्याले व्यवसायी, वाहन चालक लगायत सर्वसाधारणलाई प्रत्येक वर्ष धेरै असुविधा हुने गर्दथ्यो। जोरबङलो सुकेपोखरी खण्ड विकास अधिकारी सामिरूल इस्लामको पहलमा मनरेगा योजनामार्फत् यहाँका नाला झोड़ाहरू व्यवस्थित बनाइएपछि उक्त समस्या समाधान भएर गएको स्थानीय सचेत मञ्चले जानकारी दिएको छ ।
