सडक तथा ड्रेनको अवस्था खराब, सिलगढी इस्कन मन्दिरका अधिकारी जगन्नाथ देवको रथयात्रालाई लिएर चिन्तित

सिलगढी (निसं): सडक तथा ड्रेनको व्यवस्थालाई लिएर स्थानीय प्रतिनिधिहरू जागरूक छैनन्। यसैले गर्दा सिलगढी इस्कन मन्दिरका कर्तृपक्ष यस वर्ष जगन्नाथ देवको रथ यात्रालाई लिएर चिन्तित देखिन्छ। आगामी 7 जुलाई जगन्नाथ देवको रथ यात्रा हो। मन्दिरका अधिकारीहरूले रथ यात्राको तयारी शुरू गरिसकेको छ। तर, इस्कन मन्दिर क्षेत्रको सडक अनि ड्रेन धेरै अघिदेखि खराब स्थितिमा रहेको छ। ड्रेनबाट आउने मैलाको गन्धले मानिसहरूलाई सडकमा हिडडुल गर्न साह्रो पर्न थालेको छ। वार्ड नम्बर 40 को स्थानीय पार्षद मुन्ना प्रसादलाई यसबारे धेरै पल्ट जानकारी गराए तापनि तिनले अझसम्म यसबारे कुनै ध्यान नदिएको आरोप रहको छ। यसैबी, जगन्नाथ देवको रथ यात्राको लागि सिलगढी इस्कन मन्दिरमा धेरै संख्यामा श्रद्धालुहरू आउने गर्दछन्। यहाँ विभिन्न स्थान लगायत अन्य राज्यहरूबाट पनि श्रद्धालुहरू आउँछन् तर यसपल्ट ड्रेन अनि सडकको खराब स्थितिले गर्दा श्रद्धालुहरूले असुविधाको सामना गर्न पर्ने देखिएको छ। यसैले गर्दा सिलगढी इस्कनका अधिकारीहरू चिन्तित छन्। सिलगढी इस्कन मन्दिरका जनसम्पर्क अधिकारी नमकृष्ण दासले भने, इस्कन मन्दिरमा विभिन्न ठाउँबाट धेरै संख्यामा भक्तहरू आउँछन्। प्रत्येक वर्ष झै यस वर्ष पनि रथयात्रा धूमधामसित निकालिइने भएको छ।  तर मन्दिर अघिको सडक अनि ड्रेन खराब स्थितिमा छ। यसबारे स्थानीय पार्षदलाई अवगत गराए तापनि कुने फाइदा भएन। यसैले गर्दा रथ यात्रालाई लिएर धेरै चिन्तित छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom