सिलगढी : इन्डोर स्टेडियमको सेफ हाउसको फोहोर-मैला स्टेडियम बाहिर फ्याँकेको स्थानीय मानिसहरूले अभियोग उठाएका छन्। घटनाको खबर पाएर स्थानीय काउन्सिलर तथा प्रशासक मण्डलीका सदस्य शरदेन्दु चक्रवर्ती घटनास्थलमा पुगे। यसपछि नगरनिगमले ग्रीनजेन बायो प्राइभेट लिमिटेडलाई सेफ हाउसको फोहोर-मैला उठाएर लैजाने निर्देश दिएको बताइएको छ। आज सेफ हाउसको सबै फोहोर-मैला ग्रीनजेन बायो प्राइभेट लिमिटेडको वाहनले उठाएर लगेको साथै प्रतिदिन तिनीहरूले उक्त मैला उठाएर लैजाने भएको छ।