सागरमाथा दिवसमा तेन्जिङ शेर्पालाई मरणोपरान्त ‘भारत रत्न’ दिनु पर्ने उठ्यो माग

 


सिलगढी (निसं): माउन्ट एभरेस्ट अर्थात सागरमाथा दिवसको अवसरमा तेन्जिङ नोर्गे शेर्पालाई मरणोपरान्त एकपल्ट फेरि सिलगढीका मेयर गौतम देव अनि पर्यावरणविद् स्वयंसेवी संगठन नेफ-का सदस्य अनिमेष बसुले ‘भारत रत्न’ दिनु पर्ने माग उठान गरेका छन्।
आज एभरेस्ट दिवस हो। लगभग 71 साल पहिला सन् 1953 मा आजकै दिन अर्थात 29 मईमा तेन्जिङ नोर्गे शेर्पाले एडमन्ड हिलेरीसित 8,849 मिटरको ऊचाईमा रहेको संसारकै सबैभन्दा उच्च पर्वत माउन्ट एभरेस्टमा पहिलो पल्ट सफल आवरोहण गरेका थिए। प्रत्येक वर्ष आजको दिन सिलगढीमा एभरेस्ट दिवसको रूपमा पालन गरिन्छ। यसै अनुसार आज सिलगढीको दार्जीलिङ मोडमा अवस्थित तेन्जिङ शेर्पाको शालिगमा मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, तृणमूल नेता अमल खवास, नेफ सदस्य अनिमेष बसु लगायत अन्य मानिसहरूले माल्यार्पण गरेर तिनलाई हार्दिक श्रद्धाञ्जलि दिइयो। यस अवसरमा सिलगढी नगर निगमका मेयर गौतम देव अनि नेफ-का सदस्य अनिमेष बसुले फेरि एकपल्ट तेन्जिङ शेर्पालाई मरणोपरान्त भारत रत्न दिनु पर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş