सहायक फाउन्डेसन-द्वारा कोरोना संक्रमणबाट स्वस्थ भएका व्यक्तिलाई 1 महिनाको खाद्य प्रदान

सिलगढी : लकडाउनको शुरूदेखि नै सहायक फाउन्डेसन सालुगढाद्वारा विभिन्न विपन्न परिवारका मानिसहरूलाई खाद्यन्न वितरण गर्नको साथै माक्सहरू पनि वितरण गर्दै आइरहेको छ। यसको साथै सालुगढा क्षेत्र लगायत अन्य विभिन्न ठाउँहरूमा फाउन्डेसनका सदस्यहरूले सेनिटाइज गरेर कोरोनाको संक्रमणलाई फैलिन नदिने भरमग्दुर प्रयास गर्दै आइरहेका छन्।


यसै अन्तर्गत हालै कोरोना संक्रमित भएर स्वस्थ बनेका 42 नम्बर वार्डको भुपेन्द्रनगरका एकजना बासिन्दालाई सहायक फाउन्डेसनको तर्फबाट आज 1 महिनासम्मको लागि पुग्ने खाद्य सामग्री प्रदान गरियो। यस अवसरमा सहायक फाउन्डेसनका अध्यक्ष श्रीमती हिस्से भुटिया, उपाध्यक्ष टेन्डुप शेर्पा, सञ्जय लिम्बू लगायत अन्य सदस्यहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş