सहिद लाडुप बम्जन पञ्चतत्वमा विलिन, सैनिक सम्मानको साथ मिरिकमा अन्तिम दाह संस्कार

मिरिक : मिरिक नगरपालिकाको महेन्द्र गाउँ निवासी बीएसएफ-का सव इन्स्पेक्टर शहीद लाडुप बोम्जन आज पञ्चतत्वमा विलिन् भए। सैनिक सम्मानको साथमा आज तिनकै पैतृकस्थलमा अन्तिम संस्कार गरियो। 52 वर्षीय सहिद लाडुप बोम्जन बीएसएफ-का सव इन्स्पेक्टरको पदमा जम्मू कश्मीरको मिनिस्ट्री अफ् बीएसएफ सेक्टर सुन्दरबानीमा कार्यरत थिए। तिनको पार्थिव शरीर हिजो बेलुकी तिनको निजी वासस्थान महेन्द्र गाउँमा ल्याइपुऱ्याएको थियो भने आज सैनिक सम्मानसहित बौद्ध धर्म परम्परा अनुसार अन्तिम दाह संस्कार गरियो।


यस अवसरमा पार्थिव शरीर लिएर जम्मू कश्मीरबाट आएका इन्स्पेक्टर पीएन सिंहले बताए अनुसार सव इन्सपेक्टर लाडुप बोम्जनको गत 22 मार्च बेलुकी पाँच बजी आफ्नो कर्तव्य पालन गरिरहेको समय निधन भएको थियो। बम्जनको असमायिक निधन भएको बताउँदै तिनको पोस्टमार्टम समेत भइसकेको तिनले जानकारी गराए। यसबाहेक सबै चाँजो मिलाएपछि तिनको पार्थिव शरीर जम्मू कश्मीरदेखि दिल्ली हुँदै हवाई मार्ग भएर हिजो बाघडुग्रा विमानस्थल ल्याइएपछि सिलगढीको बीएसएफ 15 औँ वाहिनीका जवानहरूको सहयोगमा पैतृकस्थल मिरिक महेन्द्र गाउँस्थित घरमा ल्याइपुऱ्याएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *