सहिद टाँसी भुटियालाई गोरामुमो-द्वारा श्रद्धाञ्जलि अर्पण

सोनादा : गोर्खाल्याण्ड आन्दोलनकाल अवधि 2017-मा आजकै दिन अर्थात् 7 जुलाईमा जाति र माटोको निम्ति लड्दै आफ्नो प्राणको आहुति दिएर सहिद बनेका टाँसी भुटिया (खिट्टा)-को सोनादा बजारस्थित सहिद वेदीमा पुगेर गोरामुमो-का नेतृत्वहरूले श्रद्धाञ्जलि अर्पण गरे। गोरायुमो केन्द्रीय समिति संयोजक संजोक गुरुङ, गोर्खा एकता चालक संगठनका अध्यक्ष सागर राई, महासचिव भरत तिरुवा अनि देवराज तामाङले सहिद टाँसी भुटियालाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *