सुकेपोखरी : नेपाली साहित्यका मूर्धन्य साहित्यकार सुकराज दियाली पितृ शोकमा परेका छन्। नागरी फार्म चाउर गाउँ निवासी तिनका पिता हर्क बहादुर दियालीको आज बिहान सिलगढ़ीमा निधन भयो। स्वर्गीय हर्कबहादुर दियालीले आफूपछि तीन छोरा बुहारी, नाती-नातिनी तथा अन्यलाई छाड़ेका छन्। एकाधिक साहित्यिक संघ-संस्था एवम् साहित्यकार समूहले स्व. हर्क बहादुर दियालीको आत्माशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्यो।
