राजगञ्ज, 4 मार्च (निसं): दशौं चरणमा साहूडांगीहाट पीके राय उच्च माध्यमिक विद्यालयमा सवुज साथी साइकल वितरण गरियो। मंगलबार एउटा कार्यक्रमको माध्यमबाट बिन्नागुडी ग्राम पञ्चायतका प्रधान समीजुद्दीन अहमद र विद्यालयका प्रधानाध्यापक प्रदीप चौधरीले विद्यालयका लगभग 144 जना छात्राहरूलाई साइकलहरू प्रदान गरे। यस अवसरमा विद्यालय सञ्चालन समितिका अध्यक्ष चन्दन विश्वास, समाजसेवी दीपेन प्रमाणिक, प्रफुल्ल राय लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।