साहूडांगीको बनियापाडामा दुई दिवसीय फुटबल प्रतियोगिता

राजगञ्ज, 12 अप्रेल (निसं) : साहूडांगीको बनियापाडामा दुई दिवसीय फुटबल प्रतियोगिता आयोजना गरिएको छ। क्यानल मोड व्यवसायी समितिको तत्वावधानमा सो प्रतियोगिता आयोजना गरिएको हो। जानकारी अनुसार प्रतियोगितामा जम्मा 16 टीमले सहभागिता जनाएका छन्।
प्रतियोगिताको विजेता टीमलाई 1 लाख रुपियाँ नगद पुरस्कार सहित ट्रफी अनि उपविजेता टीमलाई 60 हजार रुपियाँ र ट्रफी प्रदान गरिनेछ। यसबाहेक खेलका विभिन्न विधाहरूमा अन्य पुरस्कार तथा ट्रफीहरू पनि राखिएका छन्।
फुटबल प्रतियोगिताको उद्घाटन भोरेर आलोर थाना प्रमुख सन्दीप दत्त र समितिका अन्य सदस्यहरूले संयुक्त रूपमा गरे। आयोजक समितिका सदस्यहरूले बताए अनुसार यो फुटबल प्रतियोगिता आयोजना गरिनुको उद्देश्य युवाहरूलाई खेलमार्फत सकारात्मक दिशातर्फ लैजानु हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *