साहुडांगी रामकृष्ण मन्दिरमा श्री श्री रामकृष्ण परमहंसको 190औं जयन्ती पालन

राजगञ्ज, 1 मार्चः साहुडांगी रामकृष्ण मन्दिरमा श्री श्री रामकृष्ण परमहंसको 190 औं जन्मजयन्ती मनाइयो।
शनिबार दिनभरि नै आश्रममा धार्मिक कार्यक्रमहरूको माध्यमबाट जन्मोत्सव मनाइँदै छ। आज बिहानैदेखि श्री श्री रामकृष्णदेको विशेष पूजा, भजन, यज्ञ, उनको जीवनी र उपदेशहरूमा छलफल र प्रसाद वितरण कार्यक्रम गरिएको छ।
यस विषयमा स्वामी नरेशानन्द महाराजले भने, “रामकृष्ण परमहंसको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरूको माध्यमबाट यो दिन मनाइँदैछ। श्री रामकृष्णको जीवनको महिमा र उनका उपदेशहरूलाई मानिसहरू सामु प्रस्तुत गरिँदै छ। उत्सवमा सिलगढी, जलपाईगढी साथै विभिन्न स्थानबाट धर्मावलम्बीहरूको सहभागिता रहेको छ। दिउँसो प्रसादको व्यवस्था गरिएको छ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *