सिलगढी : सिलगढी संलग्न सालबारी बजारमा गत अबेर राति आगलागी हुँदा एउटा रासनको दोकान जलेर खरानी भएको छ। आगलागीमा लाखौँ रुपियाँको क्षयक्षति भएको थाहा लागेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति एउटा रासन दोकानमा आगो लागेको स्थानीय मानिसहरूले देखेपछि यसलाई निभाउने प्रयास गरे। आगलागीबारे अग्निशमन विभागलाई खबर दिएपछि दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याए तापनि आगलागीमा दोकानको सबै सर-समानहरू जलेर भष्म भएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
