समाजसेवी कमल गजमेरको निधनमा खरसाङ विश्वकर्मा समाजद्वारा शोक सभा

खरसाङ (निसं): खरसाङ विश्वकर्मा समाजका एउटा बलियो स्तम्भ वरिष्ठ समाजसेवी, सामाजिक चिन्तक तथा वर्तमान सल्लाहकार कमल गजमेरको निधनले तिनको परिवार लगायत खरसाङ विश्वकर्मा समाजलाई पनि स्तब्ध बनाएको छ। तिनले आफूपछि वृद्ध आमा-बाबु, स्वास्नी मीरा गजमेर, एउटा छोरा, दुई छोरी, बुहारी, जुवाई र नाता नातिनीहरूलाई छाडिगएका छन्। तिनको निधनले खरसाङ विश्वकर्मा समाजलाई अपुरणीय क्षति भएको कुरो अनुभव गर्दै आज निर्मल कुमार गहतराजको अध्यक्षतामा शोकसभाको आयोजना गरियो। यस अवधि तिनको योगदान र व्यक्तित्वलाई सम्झना गर्दै श्रद्धाञ्जलिस्वरूप एक मिनट  मौन धारण गरियो। सचिव केशवसिंह घतानीले सञ्चालन गरेको यस सभामा स्वः गजमेरका निधनले सिर्जना गरेको खाल्डो पूर्ण गर्न धेरै समय लाग्ने कुरो व्यक्त गर्दै समाजका विशिष्ट व्यक्तिहरूले तिनीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे। उक्त शोक सभामा केपी दर्नाल, शास्त्रीय सङ्गीतगुरू गोविन्दसिँह घतानी, हेमन्तकुमार दर्नाल, विनोद रसाइली, कमलसिंह श्रीवाल, श्यामकुमार लोहार, सुष्मा सिंहसविता गजमेर, सञ्जय सिंह लकान्द्री, रोशनी रसाइली र इन्द्कुमार सिंगौरेले उनको यस निधनले परेको असह्य मर्कालाई सहन गर्ने शक्ति ईश्वरले परिवारलाई प्रदान गरून् भनी प्रार्थना गर्दै आफ्ना केही श्रद्धाञ्जलि शब्दसहित गहिरो समवेदना प्रकट गरे। गत 10 दिसम्बर 1957-मा खरसाङको प्रतिष्ठित गजमेर परिवारभित्र पिता देशराज गजमेर अनि माता निर्मला गजमेरको कोखबाट माइलो सुपुत्रको रूपमा जन्म ग्रहण गर्ने कमलको वास्तविक नाम केशवराज गजमेर थियो। कालेबुङमा साउँ अक्षर चिनेपछि खरसाङको प्रतिष्ठित शैक्षिक संस्थान गोथल्स मेमोरियल स्कुलबाट तिनले माध्यमिक तहको शिक्षा पुरा गरेका थिए। आफ्नो सिद्धान्त र विचारमा स्पष्ट कमल केही समय सक्रिय राजनीतिमा देखा पनि परे। नयाँ शताब्दीको शुरूमा उनी खरसाङ नगरपालिकामा नगरपार्षदको रूपमा चुनिएर आए। वर्तमान राजनीतिको स्वरूपलाई नगीचबाट अनुभव गरेपछि आफूलाई राजनीतिबाट टाढो राख्ने कोशिश गरे। त्यसपछि सन् 1925-मा स्थापित खरसाङ विश्वकर्मा समाजलाई सही दिशा निर्देश र स्थायित्व प्रदान गर्न तेस्रो चरणका कर्मठ सामाजिक अभियन्ताहरू स्वर्गीय सन्तोषसिंह लकान्द्री, दिलिपकुमार बराइली, किरणप्रसाद दर्नाल र हेमन्तकुमार दर्नालहरूसँग जोडिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO