मङ्पु: हाल कोरोना महामारीको अवधि मानव सेवाभन्दा ठुलो धर्म अरु छैन। यसैगरी, मङपुका समाजसेवी शशिभूषण राईले मङपु अस्पताललाई एउटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका छन्। तिनले उक्त अक्सिजन कन्सन्ट्रेटर अस्पताल संरक्षण समिति कर्तृपक्षलाई अस्पतालमा प्रयोग गर्नको निम्ति आज प्रदान गरे। हाल महामारीको समय चारैतिर अक्सिजनको अभाव भइरहेको कुरालाई ध्यानमा राखेर तिनले मङपु अस्पताललाई केही सहयोग स्वरूप अक्सिजन कन्सनट्रेटर प्रदान गरेको बताएका छन्। अर्कोतिर, मङपु अस्पताल संरक्षण समितिका संयोजक किरण पाख्रीन अनि डा. अरुप घोषालले बीएम राई एन्ड सन्स शशिभूषण राईलाई यसको निम्ति आभार व्यक्त गरेका छन्।