समाजसेवी सोनामणि रायले विद्यार्थीहरूसँग केक काटेर मनाइन् 33औं जन्मदिन

बिन्नागढी, 9 जनवरी: समाजसेवी सोनामणि रायले आफ्नो 33औं जन्मदिन राजगञ्जको बिन्नागढी बनियापाडा एससी प्राइमेरी स्कूलका छात्र-छात्राहरूसँग मनाए। आज उनले स्कूलका विद्यार्थीसँग केक काटेर आफ्नो जन्मदिन मनाइन्। त्यसपछि उनले विद्यालयका लगभग 132 जना छात्र-छात्राहरूलाई कापी, कलम, पेन्सिल लगायत विभिन्न शैक्षिक सामग्रीहरू वितरण गरिन्। यस विषयमा समाजसेवी सोनामणि रायले भनिन्, हरेक वर्ष म मेरो जन्मदिन फरक-फरक तरिकाले मनाउने गर्छु। यस वर्ष पनि आफ्नो जन्मदिन अलिक फरक तरिकाले मनाउन चाहन्थेँ। त्यसैले मैले आफ्नो जन्मदिन स्कूलका नानीहरूसँग मनाउने निर्णय गरें। मैले तिनीहरूलाई केही शैक्षिक सामग्रीहरू वितरण दिए। विद्यार्थी नानीहरूसँग जन्मदिन मनाएर आज म निक्कै खुशी छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *