सिलगढी : साम्प्रदायिक एकताको माग र विभाजनको राजनीतिविरुद्ध माकपा-ले सिलगढीमा एउटा र्याली निकाल्यो। उक्त र्याली सिलगढीको बाघाजतिन पार्क अघिबाट शुरू गरेर हिलकार्ड रोड हुँदै महात्मा गाँधी मोड़मा पुगेर समापन गरियो। उक्त र्यालीमा माकपाका जिल्ला सचिव समन पाठक, वामनेता जीवेश सरकार लगायत अन्य वाम नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।
