सिलगढी : दुर्गा पुजा आउन लगभग 3 महीना बाँकी छ। यसभन्दा अगावै आज सिलगढीको संघश्री क्लबले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। सिलगढीको संघश्री क्लबको दुर्गा पुजाले यस वर्ष 56 वर्ष पुरा गर्नेछ। यस वर्ष क्लबको पुजा पण्डालको थीम ‘चक्खु चरकगाछ‘ रहेको छ। क्लबका सदस्यहरूले आज क्लब परिसरमा धुमधामको साथमा खुट्टीको पुजाको आयोजना गर्यो। यसको साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्यो। प्रत्येक वर्ष संघश्री क्लबको दुर्गा पुजाको पण्डाल र माताको मूर्तिले भक्तहरूलाई आकर्षित गर्ने गर्दछ। यसैलाई ध्यानमा राखेर क्लबले अगावै पुजाको तयारी शुरू गरेको छ। संघश्री क्लबका सचिव शैबल दत्तले बताएअनुसार यस वर्ष सिलगढी र बाहिरका शिल्पकारहरूको सहयोगमा दुर्गा पुजाको मण्डप सजाउने कार्य गरिने भएको छ।
