संकल्प मञ्चद्वारा हरेन आले, अशोक मोक्तान, राजु हिमांसु अनि नीरकुमार बम्जन सम्मानित

दार्जिलिङ : कुनै पनि क्षेत्रका कलाकार, सर्जक साथै प्रतिभाहरूको मूल्याङ्कन समय रहँदा तथा जीवित रहँदै हुनपर्छ भन्ने उद्देश्य लिएर अघि बढ्दै दार्जिलिङ पहाड़लगायत विभिन्न क्षेत्रका प्रतिभाहरूको योगदानी भूमिकाको समयोचित कदर गर्दै आफ्नो स्थापना कालदेखि सम्मान क्रमलाई लिएर अघि बढेका समल्प सम्मान मञ्चले यसभन्दा अघि मञ्चको प्रथम सम्मान गणेश चर्तुर्थीकै दिन पारेर आध्यात्मिक चिन्तक, साई गंगोत्री कृष्णसिंह मोक्तानलाई सम्मानित गरिसकेको छ। तर विगत वर्षदेखि कोभिड 19 तथा वैश्विक महामारीको कारण मञ्चको सम्मान क्रमलाई निरन्तरता दिन सकेको थिएन यसोस्ले सोही सम्मान क्रमलाई यथावत राख्दै गत वर्षको सम्मान दार्जिलिङका अग्रज इतिहास पुरुष, भाषा साहित्यविद् हरेन आलेलाई साहित्य क्षेत्रमा, यसरी नै आफ्नो लेखनसितै नाट्य क्षेत्रलाई सक्रिय रूपमा लेखन अनि मञ्चन गर्दै आफ्नो छुट्टै इतिहास सुरक्षित राख्दै आएका खरसाङ निवासी राजु प्रधान हिमासुंलाई नाट्य जगतमा बहुमूल्य योगदान दिएवापत्, चित्रकारिता क्षेत्रमा आफ्ना विविध रङ्गहरूद्वारा सृजित विभिन्न कलाकारहरूले हल्ला फिजाउँदै आएका मौन साधक चित्रकार अशोक मोक्तान अनि दार्जिलिङको गीत-संगीतको क्षेत्रका कालजयी गीतहरू जन्माउँदै आएका गायक/गायिकासित संगत गर्दै अनेकन गीतहरूमा संगती दिइसकेका साथै दिँदै आएका कार्निभलसित हाल सप्तरंगी परिवारसित संगत दिँदै आएका अग्रज तबलावादक नीरकुमार बम्जनलाई तिनीहरूको महत् योगदानको कदर गर्दै आज गोर्खा दुःख निवारक सम्मेलनको पुस्तकालय कक्षमा प्रमुख अतिथि डा. सुजाता रानी राईको विशेष उपस्थितिमा सम्मानित गरियो।


गत केही दिनअघि बतासे कार्यालयमा समल्प सम्मान मञ्चको वार्षिक सभासितै मञ्चको वार्षिक सम्मानको घोषणा गरिएपछि आज मञ्चका व्यवस्थापकद्वय मिलन बान्तवा, किरण मोक्तानको विशेष उपस्थिति साथै प्रमुख अतिथि डा सुजाता रानी राई अनि सम्मानित व्यक्तित्वहरू क्रमैले हरेन आले, राजु प्रधान हिमासुं, अशोक मोक्तान अनि नीर कुमार बम्जनको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा मञ्चका सक्रिय सदस्यहरू क्रमैले बन्धन गुरूङ, चन्दन थापा, सुमन लामिछाने, देवा विश्वकर्म अनि सन्जोग खवास, भारती प्रधान आदिको विशेष उपस्थिति रहेको थियो। सम्मान कार्यक्रमको क्रममा क्रमैले सम्मानित साहित्यकार हरेन आले, नाटककार, साहित्यकार राजु प्रधान हिमांसु, चित्रकार अशोक मोक्तान अनि नीरकुमार बम्जनलाई प्रमुख अतिथि डा सुजाता रानी राई, मिलन बान्तवा, किरण मोक्तानको बाहुलीबाट माल्यर्पण, शिरशोभा, स्मृति चिन्ह साथै सम्मान पत्रद्वारा विभूषित गरियो भने मञ्चको पक्षमा बन्धन गुरूङको बाहुलीबाट सम्मानित स्रष्टाहरूमा उपहार प्रदान गरियो भने मञ्चका सदस्यहरू क्रमैले चन्दन थापा अनि सञ्जोग खवासद्वारा सम्वर्द्धना पठन गरियो। यसको साथै फ्रण्ट लाइन वरियरको रूपमा खटिरहने पत्रकारहरूलाई सम्मानित हरेन आलेको बाहुलीबाट श्रद्धार्पण अनि सम्मानित राजु प्रधान हिमांसुको बाहुलीबाट ब्याज प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *