दार्जिलिङ: संकल्प सम्मान मञ्चको आयोजनामा आज दार्जिलिङको बतासे कार्यालयमा वार्षिक सभा सम्पन्न गरियो। उक्त सभामा संकल्प सम्मान मञ्चद्वारा प्रदान गरिने वार्षिक सम्मानको पनि घोषणा गरियो। सभामा व्यवस्थापक मिलन बान्तवाले निर्णायकगणद्वारा चयन गरेका सर्जकहरूको नाम घोषणा गरे। सभामा विशेष रुपमा किरण मोक्तान, सबिता संकल्प, बन्धन गुरुङ, चन्दन थापा, सन्जोग खवासको उपस्थिति रहेको थियो।
