सांसद राजु बिष्टको तर्फबाट सिलगढी विधान मार्केटका अग्नि प्रभावित व्यवसायीहरूलाई आर्थिक सहयोग

सिलगढी, 31 दिसम्बर (निसं): दार्जिलिङका सांसद राजु बिष्टको तर्फबाट सिलगढीको विधान मार्केटमा अग्नि प्रभावित व्यवसायीहरूलाई आर्थिक सहयोग दिएको छ। जानकारी अनुसार, 28 सेप्टेम्बरमा सिलगढीको विधान मार्केटमा लागेको भीषण आग्निकाण्डमा थुप्रै दोकान जलेर खरानी भएको थियो। राज्यका मुख्यमन्त्री ममता ब्यानर्जी र दार्जिलिङका सांसद राजू बिष्टले घटना घटेपछि तुरुन्तै आर्थिक सहयोग दिने घोषणा गरेका थिए। यसको केही दिनपछि सरकारी अनुदान पीडितहरूलाई दिएको थियो।
अन्ततः मङ्गलबार दार्जिलिङका सांसद राजू बिष्टको तर्फबाट प्रभावित व्यवसायीहरूलाई आर्थिक सहायता दिइयो। आज सिलगढीका विधायक शंकर घोष र भाजपाको सिलगढी संगठनात्मक जिल्ला अध्यक्ष अरुण मण्डलसहित भाजपा पार्षदहरूको उपस्थितिमा व्यवसायीहरूलाई आर्थिक अनुदान प्रदान गरियो। यद्यपि सांसद शारीरिक अस्वस्थताको कारण उपस्थित हुन सकेनन्। अर्कोतिर, प्रभावित व्यवसायीहरू आर्थिक अनुदान पाएर खुशी छन्। विधायक शंकर घोषले सांसद राजु बिष्टका व्यक्तिगत प्रयासहरूको सराहना गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş