कालेबुङ: राज्य सभा सांसद शान्ता छेत्रीले आज कालेबुङको अलगढा नजिक पहिरोग्रस्त ईलाकाको निरीक्षण गरिन्। गत केही दिन अघि अलगढा नजिक ठुलो पहिरो गएको थियो भने आज यसको निरीक्षण गर्न राज्य सभा सांसद शान्ता छेत्री इलाकाको भ्रमणमा गएकी थिइन्। यस अवधि तिनीसित कालेबुङको टीएमसी संयोजक सुमन गुरुङ, खण्ड दुईका संयोजक सुमित छेत्री लगायत अन्यको उपस्थिति रहेको थियो। पहिरोको निरीक्षण गरेपछि तिनले यो पहिरो ठुलो रहेकोले जीटीए मार्फत आपतकालिन कोषद्वारा जति सक्दो चाँडो निर्माण गरिदिने बताएकी छन्।
