सन्तमाया फाउण्डेशनद्वारा बाढ पीडितहरूलाई सहयोग

खरसाङ (निसं): टिस्टा बाढ पीडितहरूलाई सन्तमाया फाउण्डेशन खोलाचन फापरी, सालुगढा सिलगढीको तर्फबाट सहयोग प्रदान गऱ्यो। सन्तमाया फाउण्डेशनद्वारा कालेबुङ जिल्ला अन्तर्गत टिस्टा रम्बी, रियाङ र भालु खोला गाउँमा रहेका जम्मा 33 बाढ पीडित परिवारहरुलाई सहयोग स्वरुप नगदराशि 1 हजार रूपियाँ गरेर प्रदान गरेको बताइको छ।


यस सहयोग कार्यमा सन्तमाया फाउण्डेशनको पक्षमा भरत राई, दानियल टी लामा, पिटर थापा कोशिश‘, नोर्देन शेर्पा, बिनिता सापकोटा, पावल राई, ज्योति, कपिल बानियाँको टोली गएर प्रदान गरे भने उक्त टोलीले बाढ पीडितहरूलाई अन्य के-के कुराको खाँचो छ भन्ने विषयमा पनि जानकारी लिएका छन्। यस कार्यमा कालेबुङका मल्टी भिजनका टीमले पनि सहयोग पुऱ्याएको सन्तमाया फाउण्डेशनको पक्षमा पिटर थापा कोशिषले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibom