मङ्पु: सन्त जोसेफ विद्यालय मङपुबाट यसपल्ट आईसीएससी दिने विद्यार्थीहरुलाई शुभकामना दिँदै आज एउटा भव्य कार्यक्रमबीच विदाई दिइयो। विद्यालयका प्राचार्य फादर जे. पटेलको बाहुलीबाट यस वर्ष आईसीएससी परीक्षा दिने स्कूलका सबै विद्यार्थीहरुलाई शुभकामना दिँदै उपहार दिएर सम्मान जनाइयो। विद्यार्थीहरू अरोग्य छेत्री र तनवी राईले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका नानीहरुले सुन्दर गीत, नृत्यहरू रोचक ढंगमा प्रस्तुत गरे।

कार्यक्रममा छात्र युवाराज थापाले भायोलिनमा सुन्दर सुमधुर धुन प्रस्तुत गरेर सबैलाई मन्त्र मुग्ध पारे भने कार्यक्रमलाई सफलीभुत पार्न सहयोग गर्ने सबैलाई छात्र अभिमन्यु मगरले धन्यवाद दिए। दशौ श्रेणीका शिक्षिका दिक्षा राईले नानीहरुको अभिभावकको साथमा केक काटेर सबैलाई विदाइ दिँदै आगामी अप्रेल महीनामा हुने आइसीएससी परीक्षाको शुभकामना दिए। स्मरण रहोस, यसपल्ट सेन्ट जोसेफ स्कुल मङ्पुबाट मोठ 27 जना विद्यार्थीहरूले आईसीएससी परीक्षा दिइने भएका छन्।
