सन्न्यासीकाटामा चुनाउ अवधि आतङ्क फैलाएको आरोप लगाउँदै तृणमूल-द्वारा राजगञ्ज थानाअघि विक्षोभ प्रदर्शन

राजगञ्ज : सन्न्यासीकाटा अञ्चलका तृणमूल कार्यकर्ता तथा समर्थकहरूले पञ्चायत चुनाउ अवधि राजगञ्जको सन्न्यासीकाटामा आतङ्क फैलाएको आरोप लगाउँदै आरोपीहरूलाई चाँडै पक्राउ गरिनुपर्ने मागमा आज राजगञ्ज थानामा विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार हिजो सन्न्यासीकाटा अञ्चलको गिरनगछ र जुम्मागछ बुथमा ब्यालेट लुटपाट तथा हिंसाको घटना घटेको थियो। तृणमूलको आरोप अनुसार उक्त बुथमा विपक्षी पार्टीका दुष्कृतिहरूले आफूहरूमाथि हमला गरेको थियो भने घटनामा केही घाइते भएका छन्। यसैले आज सन्न्यासीकाटा अञ्चलका तृणमूल कार्यकर्ता तथा समर्थकहरूले पञ्चायत चुनाउ अवधि आतङ्क फैलाएको आरोप लगाउनको साथै आरोपीहरूलाई चाँडै पक्राउ गरिनुपर्ने मागमा राजगञ्ज थाना अघि विक्षोभ प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO