सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाको वाम प्रार्थी अशोक भट्टाचार्यले आज बिहान सिलगढीको नेताजी हाई स्कुलको मतदान केन्द्रमा आफ्नो मतदान खसाले। सिलगढीमा शान्तिपूर्ण मतदानको परम्परा रहेको छ भने यसपल्ट पनि शान्तिपूर्ण ढङ्गमा चुनाउ सम्पन्न हुने कुरामा आशावादी रहेको तिनले बताए। यदि कहीँकतै कुनै प्रकारको अप्रिय परिस्थिति भएको खण्डमा पुलिस तथा चुनाउ आयोगले कार्वाही गर्नेछ। तिनले आफ्नो कर्तव्य निर्वाह गर्ने साथै विपक्षी पार्टीले पनि आफ्नो कर्तव्य पालन गरोस् भन्दै तिनले अपील गरेका छन्।
