नक्सलबारी : हाल कोरोना संक्रमितहरूको सङ्ख्या निक्कै बढ्दै गइरहेको छ। यसैले सिलगढीपछि अब नक्सलबारी बजार पनि सप्ताहमा एक दिन बन्द राख्ने नक्सलबारी व्यवसायी समितिले निर्णय लिएको छ। नक्सलबारी ब्लक प्रशासन, नक्सलबारी पञ्चायत तथा नक्सलबारी व्यवसायी समितिको संयुक्त पहलमा आज नक्सलबारी बजारमा सेनिटाइज गरियो। व्यवसायी समितिका सभापति निखिल घोषले बताएअनुसार सप्ताहमा एक दिन बिहिबार नक्सलबारी बजार बन्द राख्ने निर्णय लिएको छ। तथापि, व्यवसायीहरूसित यस सम्बन्धमा कुराकानी गरेर घोषणा गरिने तिनले बताए।