सिलगढी: स्रष्टा शरण शरदको चौथौ कृति ‘सम्बन्धमा चुनौतीहरू’ आज सिलगढीको सालबारीस्थित एल गिब्बोर चर्चमा लोकार्पण गरियो। रेभरेन्ट ध्रुव शिष्यको अध्यक्षता र डा. चित्र ‘कौशिक’ को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो। यस पुस्तकको लोकार्पण सभाध्यक्ष रेभरेन्ट ध्रुव शिष्य, प्रमुख अतिथि डा. चित्र कौशिक, विशिष्ट अतिथिहरू क्रमैले विशप रेभरेन्ट हेमन्त काँफ्ले, पास्टर निमा लामा र लेखक शरण शरदको बाहुलीबाट गरियो। हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण आरजे समीर छेत्रीले राखेका थिए भने पुस्तक लोकार्पणको घोषाणा सभाध्यक्ष रेभरेन्ट ध्रुव शिष्यले गरेका थिए भने पुस्तकको समर्पणको प्रार्थना पास्टर निमा लामाले गरेका थिए। पुस्तकमाथि विशिष्ट अतिथिद्वय विशप हेमन्त काँफ्ले र किशोर त्रिखत्रीद्वारा टिप्पणी गरिएको थियो। प्रमुख अतिथि र सभाध्यक्ष दुवैले वक्तव्य राखेका थिए भने धन्यवाद ज्ञापन रेचल सुब्बाले राखेका राखेका थिए भने लेखक शरण शरदले पनि वक्तव्य राखेका थिए। आजको पुस्तक लोकार्पण कार्यक्रममा अन्तिम प्रार्थना पास्टर सुन्दर गिरीले गरेका थिए।
