शारीरिक अपांग भए तापनि यसलाई दरकिनार गर्दै नयन दत्त भए स्कूल टप्पर

जलपाईगढी, 3 मई: शारीरिक रूपमा अपांग भए तापनि नयनले यसलाई पछि पार्दै विद्यालयमा टप्पर भएर सबैलाई चकित पारेका छन्। उनको उचाइ मात्र दुई फिट भए पनि उनले माध्यमिक परीक्षामा ५५३ अंक ल्याएर विद्यालयमा टप्पर भएका छन्। नयन दत्त जलपाईगढीको बहादुर मुन्नाज हैप्पी होम हाई स्कुलका विद्यार्थी हुन्। उनी जलपाईगढीको राउत बगानका निवासी हुन् र उनका बुबा किसान हुन्।
नयनको यो उपलब्धिले विद्यालय, शिक्षक, छिमेकी र उनका अभिभावक सबैलाई खुसी बनाएको छ। नयनले भने, “यो सफलता मेरो अध्ययनको फल हो। म भविष्यमा कलेक्टर बन्न चाहन्छु।” विद्यालयका प्रधानाध्यापकले भने, “हामी सबैलाई नयनमाथि गर्व छ। उनको सफलताले आगामी पुस्तालाई प्रेरणा दिनेछ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *