सिलगढी, 28 नोभेम्बर (निसं): केन्द्र सरकारलाई करोडौं रुपियाँ ठगेको आरोपमा सीजीएसटी टोलीले एकजना पान मसाला व्यापारीलाई पक्राउ गरेको छ। आरोपीको नाम रञ्जित प्रसाद हो। उनी मूलतः जयगाँवका निवासी हुन् र सिलगढीमा पनि उनको कार्यालय छ। प्राप्त जानकारी अनुसार, विगत केही समयदेखि उनले कागजहरूको हेरफेर गरेर केन्द्र सरकारलाई 13 करोड 64 लाख रुपियाँको ठगी गरेका थिए। यसबारे सूचना पाएपछि सीजीएसटी टोलीले अनुसन्धान सुरु गरेको थियो र आज रञ्जित प्रसादलाई सिलगढीस्थित उनको कार्यालयबाट पक्राउ गरिएको हो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरिएको थियो, जहाँ न्यायाधीशले उनलाई जेल हिरासतमा राख्ने आदेश दिएका छन्। स्मरण रहोस, आरोपीले यसअघि 2022-मा पनि केन्द्र सरकारलाई यस्तै ठगी गरेको थियो।