सरोजिनी सागर देवानको पहिलो कथा संग्रह ‘विषम वियोग’-को लोकार्पण

खरसाङ (निसं): खरसाङकी नारी स्रष्टा सरोजिनी सागर देवानको पहिलो कथा संग्रह विषम वियोग-को आज एउटा कार्यक्रमबीच लोकार्पण गरियो। सालबारीको समाज सेवा भवनमा वरिष्ठ नारी स्रष्टा विन्ध्या सुब्बाको अध्यक्षता र वरिष्ठ कथाकार राजेन मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न एउटा कार्यक्रमबीच सरोजिनी सागर देवानद्वारा लिखित कथा संग्रह विषम वियोग लोकार्पण गरियो। उक्त कथा संग्रह विषम वियोगकार्यक्रमको अध्यक्षा बिन्ध्या सुब्बा, प्रमुख अतिथि राजेन मोक्तान, विशिष्ट अतिथिहरू क्रमैले हस्त नेचाली, उर्मिला घिसिङ, ज्ञानेन्द्र खतिवड़ा, मातृका गजमेर, मोहन ठकुरी, कालुसिहं रणपहेंली, ग्याल्पो लामा, तेजमान बराईली, राजु प्रधान हिमांशु, रश्मी राई, बीबी सुब्बा, लेखिका सरोजिनी देवान र तिनका लोग्ने सागर देवान आदिको बाहुलीबाट विधिवत् रूपमा लोकार्पण गरियो। मदन देवान स्मृति मञ्च तीनधारेद्वारा आयोजित उक्त लोकार्पण कार्यक्रममा स्वागत सम्भाषण मिना सुब्बाले राखिन् भने कार्यक्रमको सञ्चालन देविका मंग्राती राईले गरेकी थिइन्।


सभाध्यक्षा र प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरेर शुरू गरिएको कार्यक्रममा स्व. मदन देवान र स्व. स्मृति देवान भूषालको नाममा मौन धारण गरियो। कार्यक्रममा नारी स्रष्टा सरोजिनी सागर देवानको परिचय मिना लामा राईले राखेकी थिइन्। कार्यक्रममा स्रष्टा सरोजिनी सागर देवानले आफ्नो सम्बोधनमा लोकार्पण कार्यक्रममा उपस्थित साथै आफ्नो कृति प्रकाशनमा विभिन्न पक्षबाट सहयोग गर्नेहरूप्रति आभार प्रकट गरिन्। कार्यक्रममा लोकार्पित कथा संकलन विषम वियोगमाथि कथाकार सुरज धड्कनले समीक्षात्मक टिप्पणी राखे। कार्यक्रममा सभाध्यक्षा, प्रमुख अतिथि, विशिष्ट अतिथहरू लगायत पुस्तकमाथि भूमिका, शुभकामना लेखिदिने र विभिन्न पक्षबाट सहयोग गर्नेहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मानित गरियो। कार्यक्रममा प्रमुख अतिथि राजेन मोक्तान र सभाध्यक्षा बिन्ध्या सुब्बाले पनि आ-आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सुनिती देवानले राखिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *