दार्जिलिङ : पश्चिम बंगालका राज्यपाल जगदीप धनखड सात दिवसीय उत्तर बंगाल भ्रमणको क्रममा हिजो सिलगढीको बाघडुग्रा विमान अड्डामा विमानमार्फत ओर्लिए पछि आज तिनी दार्जिलिङ आइपुगेका छन्। तिनी दार्जिलिङको राज भवनमा बस्ने छन्। सात दिनको लागि उत्तर बंगाल भ्रमणको क्रममा दार्जिलिङ आइपुगेपछि आज राज्यपाल जगदीप धनखडले पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ पहाड़ मेरो हृदयमा प्यारोसित रहेको छ र यस क्षेत्रको विकासको लागि कार्य गर्न तयार छु भनी बताए। तिनले दार्जिलिङको लागि आफुले गरेको कार्यले फल पाउनेछ भन्ने कुरामा आश्वास्त छु र म सबै दार्जिलिङ पहाड़को मानिसहरूलाई अपिल गर्न चाहान्छु कि स्वच्छ भारत अभियानप्रति ध्यान दिने साथै पहाड़मा प्लास्टिको प्रयोग बन्द गर्ने र पहाड़लाई प्लास्टिकमुक्त बनाउन कार्य गर्नुपर्ने आह्वान पनि गरेका छन्। राज्यपालले रङ्गहरूको पर्व होलीको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्।
