सतीश पोख्रेलको पहलमा बन्द रहेको बाटो पुनः सञ्चालनमा

बिजनबारी : गत दिनहरूमा लगातार परेको वर्षाले रेलिङ कैंजले समष्टि अन्तर्गत पर्ने सुदूरवर्ती क्षेत्र लङ्गुरदाङ शान्तिग्राम भेगमा गएको पैह्रोले बाटो बन्द भएपछि लङ्गुरदाङ, थुम्के, भीरगाउँवासीलाई निक्कै असुविधा भइरहेको थियो। पूर्व रेलिङ कैंजले समष्टि सभासद सतीश पोख्रेलको पहलमा आज जेसीबीको सहायताले उक्त बाटो खोलियो। उक्त कार्यको निम्ति लङ्गुरदाङवासीले पोख्रेलप्रति आभार प्रकट गरेका छन्। उक्त बाटोको निर्माण कार्यको स्थलगत भ्रमण स्वयम् पोख्रेल तथा सांगठनिक सचिव सनिप सुब्बाले गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *