सुकेपोखरी: जोरबङलो सुकेपोखरी खण्ड विकास कार्यालयको परमागुडी तामसाङ ग्राम पञ्चायत अन्तर्गत संसद नम्बर 10-मा मनेरेगा सय दिने रोजगार मार्फत चलिरहेको कार्य पनी रोड गैरी खोलादेखि दोबाटोसम्म पुग्ने कार्यको खण्ड विकास अधिकारी सामीरूल इस्लामले स्थलगत निरीक्षण गरे। सय दिने योजनामार्फत चलिरहेको सबै कार्यहरूको गुण स्तरीय देखरेख गर्न खण्ड विकास कार्यालयका मनेरेगा विभागीय अधिकारी अनि पञ्चायत अधिकारीलाई साथमा लिएर खण्ड विकास अधिकारी स्वयम् कार्य स्थलमा निरीक्षण गर्ने पुगेका थिए। निरीक्षण गरेपछि उक्त निर्माण कार्य राम्रो अनि गुणस्तरीय भएको खण्ड विकास अधिकारी इस्लामले पत्रकारहरूलाई जानकारी दिएका छन्।