फाँसीदेवा, 23 नोभेम्बरः विभिन्न बालीहरूको साथमा सयपत्री फूलको पनि खेती गरेर मुनाफा कमाइरहेका छन् फाँसीदेवाका बुद्धदेव रायले। केवल ठण्डाको मौसममा मात्र होइन, तर वर्षको बाह्रै महिना सयपत्री फूलको खेती गर्न सफल भएका छन् फाँसीदेवा ब्लकको जालास निजामतारा क्षेत्रको फूल किसान बुद्धदेव राय।
सिलगढी नजिक फाँसीदेवा ब्लक मुख्यत: कृषि प्रधान इलाका हो। यहाँका मानिसहरू वर्षभरि नै खेतीपातीमा संलग्न रहन्छन्। विभिन्न बालीहरूको साथमा यहाँका थुप्रै जना किसानहरूले बीघाको बीघा जमिनमा सयपत्री फूलको खेती गर्दछन्। यस वर्ष बुद्धदेवले लगभग 6 बीघा जमिनमा सयपत्री फूलको खेती गरेका छन्। उनले बताए अनुसार गत 8 वर्षदेखि उनी अन्य बालीहरूको साथमा फूलको पनि खेती गर्दै आइरहेका छन्। तिनले भने, बजारमा फूलको राम्रो माग छ। यस वर्ष पहेँलो, सुन्तले र हल्का रातो सयपत्री फूलको खेती गरेको छु। हरेक बिहान फूल टिपेर माला बनाएर सिलगढीको थोक बजारमा पठाउँछु। बजार राम्रो भएको खण्डमा सयपत्री फूलको राम्रो मूल्य पाइन्छ। यसको बजारमा माग पनि वर्षभरि नै रहन्छ।
North Bengal, Siliguri, Uncategorized
सयपत्री फूलको खेती गरेर धेरै मुनाफा कमाइरहेका छन् फाँसीदेवाका फूल किसान बुद्धदेव रायले
23
Nov
Nov
