सिलगढी (निसं)छ “से नो टु ड्रग्स” अभियान अन्तर्गत सिलगढी मेट्रोपोलिटन पुलिसले एक वर्षको अवधिमा करोडौँ रुपियाँको मादक पदार्थ सहित लगभग 60 लाख नगद राशि उद्धार उद्धार गरेको छ। यस मामिलामा 91 जना साना-ठुला मादक व्यवसायीलाई समेत पक्राउ गरिसकेको छ। सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आज नो टु ड्रग्स अभियान अन्तर्गत पुलिसले कार्वाहीको एक वर्षको विस्तृत रिपोर्ट पेश गरेको छ। उक्त रिपोर्ट अनुसार 6 वटा थानाको पुलिस, डीडी, एसओजीको कार्वाहीमा एक वर्षको अवधिमा करोडौँ रुपियाँको मादक पदार्थ, 59 लाख 61 हजार 760 रुपियाँ नगद राशि जफत गरेको छ। 1 जनवरी देखि 31 दिसम्बर 2023 सम्म मोठ 47 वटा मामिला दर्ता गरिएको छ। यसको साथै 24 किलो 298 ग्राम ब्राउन सुगर, 299 किलो गाँजा, 11 हजार 250 पीस प्रतिबन्धित कफ सिरप, 9 हजार 640 पीस नशालु इन्जेक्शन र 1015 पीस सिरिन्ज उद्धार गरेको छ। घटनामा मोठ 91 जनालाई पक्राउ गरेको छ।