गान्तोक : छिमेकी राज्य सिक्किमको माखामा आज बिहान एउटा स्कुल बस पल्टिएर दुर्घटना भएको छ। उक्त बस दुर्घटनामा चालक लगायत धेरैजना साना विद्यार्थीहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार दुर्घटनाको समय उक्त स्कुल बसमा मोठ 26 जना विद्यार्थाहरू सवार थिए।

घटनापछि तत्कालै घाइते अवस्थामा चालक लगायत विद्यार्थीहरूलाई प्राथमिक उपचारका लागि नजिकैको सिंगताम अस्पतालमा लगिएको थियो। घाइतेहरूमध्ये 12 जना विद्यार्थी लगायत चालकको अवस्था गम्भीर रहेकोले तिनीहरूलाई त्यहाँबाट फेरि एसटीएनएम अस्पताल गान्तोकमा रेफर गरिएको बताइको छ।
