स्कुलको नवौँदेखि बाह्रौँसम्मको कक्षा सञ्चालनमा संशोधन

कोलकाता : राज्यको शिक्षा विभागले एउटा नयाँ अधिसूचना जारी गरेर अबदेखि दसौँ र बाह्रौँ श्रेणीको कक्षा हप्तामा तीन दिन क्रमैले सोमबार, बुधबार र शुक्रबार हुने अनि नवौँ र एघारौँ श्रेणीको कक्षा मङ्गलबार, बिहिबार हुने जानकारी गराएको छ। कोभिडको कारण सामाजिक दूरीलाई ध्यानमा राखेर विशेषज्ञहरूको सुझाउ अनुसार विभागले संशोधित अधिसूचना जारी गरेको हो। दार्जिलिङ र कालेबुङ जिल्लामा कक्षा बिहान 9.30 बजीदेखि 3 बजीसम्म अनि राज्यका अन्य जिल्लाहरूमा 10.50 देखि 4.30 बजीसम्म निर्धारित गरिएको छ। स्मरण रहोस्, यसभन्दा अघि राज्य सरकारको शिक्षा विभागद्वारा जारी निर्देश अनुसार गत 16 नोभेम्बरदेखि राज्यका सबै स्कुलहरूमा नवौँदेखि बाह्रौँ श्रेणीसम्मको कक्षा हाल सञ्चालन भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *