स्कुलमा शिक्षक-शिक्षिका भर्ना मामिलामा ईडी र सीबीआईले अभिषेक ब्यानर्जीलाई सोधखोज गर्न सक्नेछ : कलकत्ता हाईकोर्ट

कलकत्ता: कलकत्ता हाई कोर्टले सुनाएको गत आदेशलाई यथावत् राख्दै आज केन्द्रीय एजेन्सीहरूलाई राज्यमा करोडौँ रुपियाँको भर्ना घोटालाको सिलसिलामा तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीसित सोधखोज गर्ने अधिकार दिएको छ। कलकत्ता हाई कोर्टका जज अमृता सिन्हाले केन्द्रीय जाँच ब्युरो (सीबीआई) र प्रवर्तन निर्देशालय (ईडी)-लाई युवा तृणमूल कङ्ग्रेसका निष्कासित नेता कुन्तल घोषलाई तिनीमाथि लागिएको आरोपहरूको सम्बन्धमा सोधखोज गर्ने अनुमति दिएको छ। उक्त मामिलामा अभिषेक ब्यानर्जीको नाम लिनको लागि केन्द्रीय एजेन्सीहरूमाथि दबाउ दिएको आरोप लगाइएको थियो। यसबाहेक कलकत्ता हाई कोर्टले कुन्तल घोष र अभिषेक ब्यानर्जीको मामिलालाई खारेज गरेर दुवैमाथि 2525 लाख रुपियाँको जरिमाना तिर्ने आदेश दिएको छ। उक्त जरिमाना हाईकोर्टका रजिस्ट्रार जेनरलकोमा तत्कालै जम्मा गर्ने निर्देश दिएको छ। स्मरण रहोस्, अभिषेक ब्यानर्जीले न्यायमूर्ति अभिजीत गङ्गोपाध्यायको आदेशमाथि पुनर्विचार गर्ने अनुरोध गरेका थिए। तथापि, न्यायमूर्ति अमृता सिन्हाले यसलाई खारेज गरेर केन्द्रीय जाँच एजेन्सीलाई जाँच जारी राख्ने निर्देश दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *