गान्तोक : एसडीएफ (सिक्किम डेमोक्रेटिक फ्रन्ट) पार्टीका छुजाचेन समष्टिका पूर्व विधायक तथा युवा नेता विक्रम प्रधान लगायत एसडीएफ-का पञ्चायत सदस्यहरू तथा समर्थकहरूले संयुक्त रूपमा पार्टीबाट राजीनामा दिए।

एसडीएफ पार्टीमा नेतृत्व क्षमताको खस्कँदो अवस्था तथा नेतृत्वहरूको निष्क्रियतादेखि निरूत्साहित बनेका विक्रम प्रधानले आज आफ्ना 78 जना पार्टी समर्थकहरूसितै एसडीएफबाट राजीनामा दिएका छन्।
