गान्तोक : सिक्किम डेमोक्रेटिक फण्ड पार्टीको पूर्व जिल्ला महिला मोर्चाका कन्भेनर श्रीमती अनिता तामाङले आफ्नो पार्टी त्यागेर आज सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भइन्। तिनलाई एसकेएम-का अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेले आफ्नो पार्टीमा स्वागत जनाउँदै पार्टीको दलीय झण्डा प्रदान गरे।