सुकेपोखरी : जोरबङगलो सुकेपोखरी खण्ड पोख्रेबुङ ग्राम पञ्चायत एक अन्तर्गत सेलिमबोङ चियाबारी आदर्श प्राथमिक पाठशालामा सेलिमबोङ तथा चामोङ चियाबारीमा कार्यरत श्रमिकहरूलाई कोरोनाको खोप लगाइयो। सुकेपोखरी खण्ड स्वास्थ्य केन्द्रद्वारा आयोजित टीकाकरण शिविरमा आज बिहानैदेखि धेरैजना श्रमिकहरू लाइनमा उभिएर कोरोनाको खोप लगाए।

सुकेपोखरी स्वास्थ्य विभागको तर्फबाट श्रीमती अनुडोमा राईको कुशल नेतृत्वमा उक्त टीकाकरण कार्य सम्पन्न भयो। आजको यस कार्यक्रममा विशेष रूपमा मानव उत्थान सेवा समिति सेलिमबोङग शाखाका प्रेमीहरूले धेरै सहयोग पुर्याए भने सिभिक कर्मचारी भाई बहिनीहरूले पनि धेरै सहयोग पुर्याए।
