सेमी-आटोमेटिक पिस्तोल र 2 राउण्ड जिउँदो कारतुससहित एकजना व्यक्ति पक्राउ

सिलगढी: होलीको ठीक अघि सिलगढीमा हतियारहरूको किन-बेच व्यवसायको पर्दाफास भएको छ। यस मामिलामा प्रधाननगर थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम सन्तलाल राजभर हो, उनी मतिगढा हिमुल भाङ्गापुलका निवासी रहेको जानकारी प्राप्त भएको छ। तिनीबाट पुलिसले सेमी-आटोमेटिक पिस्तोल सहित 2 राउण्ड जिउँदो कारतुस उद्धार गरेको छ।
पुलिस सूत्र अनुसार सिलगढीको एक नम्बर वार्डमा गत राती हतियारहरूको किनबेच गर्न सम्झौताको लागि योजना बनाइएको थियो। यसबारे गोप्य सूचना पाएपछि पुलिसको एउटा टोलीले एक नम्बर वार्डमा अभियान चलाएर शङ्काको आधारमा पहिला सन्तलाल राजभरलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि छानबीन गर्दा तिनीबाट सेमी-आटोमेटिक पिस्तोल अनि 2 राउण्ड जिउँदो कारतुस उद्धार गरेपछि तिनलाई पक्राउ गरिएको छ। सोधखोजको क्रममा आरोपीले बताए अनुसार उनले यसलाई बिक्री गर्नका लागि ल्याएका थिए। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। अर्कोतिर, यो हतियार कहाँबाट ल्याएको हो र यो कसलाई बिक्री गर्ने योजना थियो भन्ने कुरा जान्नका लागि पुलिसले जाँच शुरु गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *