सेनाका जवानहरूले जमिन घेराउ गरेपछि सिलगढीको 10 नम्बर वार्ड इलाकामा तनाउको माहौल

सिलगढी (निसं): सेनाका जवानहरूले जमिन घेराउ गरेपछि सिलगढीको 10 नम्बर वार्ड इलाकामा आज बिहान तनाउको माहौल देखा पऱ्यो। जमिनमा घेराउ गरेको देखेपछि स्थानीय मानिसहरू भेला भए। यसपछि जमिन घेराउलाई लिएर इलाकामा व्यापक तनाउ फैलियो।  स्थानीय मानिसहरूले आरोप लगाए अनुसार यस इलाकामा धेरै वर्षदेखि तिनीहरू बसोबासो गर्दै आइरहेको साथै उक्त जमिनको बाटो भएर नै आवात-जावत् गरिरहेका छन्। इलाकाको मानिसहरूको लागि आउ-जाउ गर्ने यो एक मात्र सड़क हो। दमकल साथै एम्बुलेन्स वाहन समेत यही बाटो भएर कुद्छ। यसैले स्थानीय मानिसहरूले यसको वैकल्पिक सड़कको व्यवस्था गरिनु पर्ने माग गरेका छन्। अर्कोतिर, दूसरी सेनाका जवानहरूले बताए अनुसार यो सेनाको जमिनमा अवैध रूपले केही दोकानहरू बनाइएको छ। यसैले भूमिलाई संरक्षित गर्नको लागि यो कदम उठाइएको हो। यसैबीच, भूमि अतिक्रमणको खबर सुनेपछि डाबग्राम-फूलबाडीका विधायक शिखा च्याटर्जी, 10 नम्बर वार्डका पूर्व पार्षद ज्योत्सना अग्रवाल अनि सिलगढीका विधायक शंकर घोष पनि घटनास्थलमा पुगेका थिए। शंकर घोषले यस मामिलामा सांसदसित कुराकानी गरेको बताए। यसको साथै तिनले यहाँका जन प्रतिनिधिहरूसित कुराकानी गर्ने बताए। पूर्व पार्षद ज्योत्सना अग्रवालले भनिन्, यो जमिनलाई लिएर धेरैपल्ट आन्दोलन भइसकेको छ। फेरि केही वर्ष पछि यस जमिनलाई समस्या उत्पन्न भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *