खरसाङ : खरसाङ पुलिसद्वारा सेभोकको पारिजात नगरबाट नकली नोट सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सेभोक पुलिस आउट पोष्टको सक्रियतामा गोप्य सूचनाको आधारमा खरसाङ पुलिसले गत राति सेभोकको पारिजात नगरबाट किसान राई नाम गरेको एकजना व्यक्तिलाई नकली नोटसहित पक्राउ गरेको बताइएको छ। उक्त आरोपी व्यक्तिबाट पुलिसले 500 सय रुपियाँको 26 हजार 500 रुपियाँको नकली नोट जफत गरेको छ। खरसाङ थानाको आईसी निवेन्दु सरकारले दिएको जानकारी अनुसार पुलिसले आरोपीबाट मोठ 26 हजार 500 रुपियाँको नकली नोट जफत गरेको छ। पक्रा परेका आरोपीलाई आज अदालतमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ।
