सिलगढी: सेभोक पुलिस आउट पोस्ट थाना प्रभारीको पदभार सम्हाल्न साथ ओसी तपन कुमार दासले अवैध ड्रग्स सेवन गर्ने तथा ड्रग्स माफियाहरु विरुद्ध अभियान शुरु गरेका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार खरसाङ थाना अन्तर्गत पर्ने सेभोक आउटपोस्ट पुलिसले एकजना व्यक्तिलाई सेभोक बजारबाट पक्राउ गर्नको साथै तिनीबाट 204 वटा नशालु क्याप्सुल उद्धार गरेको छ। पक्रा परेका युवकसित सोधखोज गर्ने क्रममा तिनले नशालु पदार्थहरू सेभोकको एकजना व्यक्तिबाट किन्ने गरेको बताएको छ, जो अहिले आफ्नो क्षेत्रबाट निखोज रहेको बताइएको छ। पक्रा परेका व्यक्ति विरुद्ध सम्बन्धित कानुनको धारा अन्तर्गत विशेष मुद्दा चलाएको बताइएको छ। सेभोक थाना प्रभारी तपनकुमार दासको कार्यप्रति स्थानीय वासिन्दाहरुले आभार व्यक्त गरेका छन्।
